स्कुटी र फोर्स गाडी ठोक्कीदा एक जनाको मृत्यु

सुर्खेत । कर्णाली राजमार्गको बड्डीचौर–बाँगेशीमल सडक खण्डको मसिनामा स्कुटी र मोटरसाईकल ठोक्कीदा एक जनाको मृत्यु भएको छ । वीरेन्द्रनगरबाट बड्डीचौरतर्फ जाँदै गरेको स्कुटी र अछामबाट सुर्खेत आउँदै गरेको फोर्स गाडी ठोक्कीदा वीरेन्द्रनगर तीन बस्ने २३ वर्षी हिरालाल कँडेलको मृत्यु भएको हो । उनी वीरेन्द्रनगर ३ निवासी हुन् ।



कर्णाली प्रदेश ०२००२ प ६७९६ नम्बरको स्कुटी र सुदूरपश्चिम प्रदेश ०१००१ ख ३०७२ नम्बरको फोर्स गाडी ठोक्कीदा स्कुटीमा सवार कँडेलको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ । कँडेलसँगै रहेकी उनी श्रीमती २० वर्षीय डिलु सापकोटा घाइते छन् ।

उनको कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचार भइरहेको छ । घटनाबारे अनुसन्धान भइरहेको र दुवै सवारी प्रहरी चौकी बड्डीचारको नियन्त्रणमा रहेको कार्यालयको भनाई छ ।

तपाईको प्रतिक्रिया