प्रधानमन्त्री प्रचण्ड सुर्खेत आउँदै

सुर्खेत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुर्खेत आउने भएका छन्। नेकपा माओवादी केन्द्रमा अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड (भदाै ४) गते सोमबार सुर्खेत आउने भएका हुन्।



माओवादी केन्द्रले ‘घर–घरमा माओवादी,जन–जनमा माओवादी’ भन्ने नाराका साथ माओवादीले तीन महिने अभियान समेत गरेको छ।

उक्त अभियान अन्तरगत सुर्खेतमा रहेको सिटी हलमा आयोजना गरिएको प्रदेश स्तरीय प्रादेशिक प्रशिक्षण कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड सहभागी हुनका लागि आउन लागेका हुन्।
प्रचण्डसँगै पार्टीका उपमहासचिव शक्ति बस्नेत, कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही लगायतका नेताहरु कार्यक्रममा सहभागि हुने भएका हुनेछन्।

उक्त कार्यक्रममा पार्टीका पालिका कमिटीका पदाधिकारीहरु भन्दा माथिका सबै कार्यकर्ता, जनवर्गीय संगठनका केन्द्रीय सदस्यहरुको सहभागिता रहनेछ।

तपाईको प्रतिक्रिया