सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाका विभिन्न स्थानमा डिभिजन वन कार्यालय सुर्खेतले छापा हानेको छ । अवैध काठ भएको सूचनाका आधारमा कार्यालयले छापा हानेर काठ नियन्त्रणमा लिएको हो ।

वीरेन्द्रनगर नगरपालिकाको वडा नं. १२ को पदमपुर, वडा नम्बर ११ को देउती बज्यै मन्दीर नजिकै लगायतका स्थानमा कार्यालयले छापा हानेको छ । यी स्थानबाट करिव ८० थान चिरान काठ बरामद गरिएको डिभिजन वन कार्यालयका प्रमुख मुनबहादुर रावतले नेपालकर्मलाई जानकारी दिए ।


उनकाअनुसार अवैध भनिएको काठ नियन्त्रणमा लिएर एकीन विवरण निकाल्ने काम भइरहेको छ । कार्यालयले अनुसन्धानका लागि तीन जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएकाहरुको नाम भने कार्यालयले सार्वजनिक गरेको छैन् ।
‘बिल विनाका काठ भन्ने सूचना आएपछि हामीले नियन्त्रणमा लिएका हौं,’ रावतले भने, ‘वन रक्षकसहित कर्मचारी टोली फिल्डमै रहेकाले कार्यालयमा आएपछि मात्रै एकिन विवरण सार्वजनिक गर्छौं ।’ उनकाअनुसार काठ धनीले प्रमाण रहेको बताएपनि विलहरु नदिएको र थप अनुसन्धान कार्यालयले गरिरहेको छ ।

नेपाल कर्म । ३ भाद्र २०८०, आईतवार १५:५९