वीरेन्द्रनगरको ढोडेखाली पुलमुनी पुरूषकाे शव फेला

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाको ढोडेखाली पुल नजिकै एक पुरुषको बेबारिसे अवस्थामा शव फेला परेको छ । रत्न राजमार्गको फोरलेन सडक खण्डमा पर्ने ढोडेखाली खोलाको पुलमुनी घोप्टो परेको अवस्थामा शव फेला परेको हो ।

वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १ र २ को सिमानामा पर्ने उक्त पुलमुनी शव भेटिएपछि स्थानीयले १ नम्बरका वडाध्यक्ष दिनेश खत्रीलाई खवर गरेका थिए । वडाध्यक्ष खत्रीले बालुवामा घोप्टो परेको अवस्थामा शव रहेको नेपालकर्मलाई जानकारी दिए ।

उनले प्रहरीलाई खवर गरिसकेकाले अहिले प्रहरी घटनास्थल पुगेर अनुसन्धान गरिरहेको बताए । मृत भेटिएका पुरुषको खुट्टामा जुत्ता लगाएपनि शरिर नाङ्गै अवस्थामा छ । उनी अन्दाजी ३५ देखि ४० वर्ष उमेरका देखिन्छन् । मृत भेटिएका ति पुरुषको पहिचान भने खुलेको छैन् ।

यता, शनिवार विहान मात्रै वीरेन्द्रनगर ११ स्थित चौखेढुंगामा सशस्त्र प्रहरी बरिष्ठ हवल्दार राम बहादुर थापाको मृत अवस्थामा भेटिएका थिए । नेवारे खोलाले बगाएर चौखेढुंगा स्थित पुलको छेउमा अड्काएको अवस्थामा फेला परेको प्रहरीले जनाएकाे छ । मृत भेटिएका थापा सशस्त्र प्रहरी बल नं. ३३ गण जुम्लामा कार्यरत रहेकाे खुलेकाे छ । हाल उनी वीरेन्द्रनगर १२ स्थित बिरुवाबारी चोकमा बस्ने गरेको प्रहरीले जनाएकाे छ ।

तपाईको प्रतिक्रिया