सुर्खेत । डोल्पामा बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। डोल्पाको जगदुल्ला गाउँपालिकामा नौ जना युवाहरू मिलेर १५ वर्षीय बालिकामाथि बलात्कार गरेका थिए।
घटना घटेको ६ महिनापछि परिवारले जिल्ला प्रहरी कार्यालय डोल्पामा उजुरी दिएसँगै संलग्न नौ जना मध्ये तीन जनालाई प्रहरीले पक्राउ गरेको हो।
केही दिन अघिले आफन्तहरूले उक्त बालिकामाथि स्थानीय नौ जना युवाहरूले बलात्कार गरेको किटानी जाहेरी प्रहरीमा दिएपछि उनिहरुको नाममा पक्राउ पूर्जी जारी गरेर घटनामा संलग्न नौ जना मध्ये तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक शिव बुढाथोकीले नेपालकर्मलाई जानकारी दिए।

उनकाअनुसार पक्राउ परेका तीन मध्ये एक जनालाई मुगुबाट दुई जनालाई जुम्ला जिल्लाबाट पक्राउ गरेको हो।

यस्तै, अन्य सबै फरार रहेका छन्। फरार भएका युवालाई पक्राउ गर्न सजिलोमा लागि पक्राउ परेको पहिचान गोप्य राखेको प्रहरीले जनाएको छ।
बलात्कार भएकी बालिकाको पेटमा ६ महिनाको गर्भ रहेको समेत रहेको डिएसपी बुढाथोकीले बताए। उनले नेपालकर्मसँग भने ‘पहिला घटनाबारे थाहा भएन्। पछि बालिकाको पेटमा बच्चा हुर्कदै गएको परिवारले थाहा भएपछि आफन्तले उनिहरुको नाममा किटानी जाहेरी दिनुभएको छ।’

नेपाल कर्म । २ भाद्र २०८०, शनिबार १२:५२