लाटीकाेइलीमा पाैडी खेल्ने क्रममा बालककाे डुबेर मृत्यु

सुर्खेत । वीरेन्द्रनगरकाे लाटीकाेइलीमा पाैडी खेल्न गएका एक बालककाे डुबेर मृत्यु भएकाे छ । वीरेन्द्रगनर नगरपालिकाकाे वडा नम्बर ३ र ९ काे सीमानामा पर्ने खाेर्के खाेलामा पाैडी खेल्न गएका १० वर्षीय बालक डुबेर मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएकाे हाे ।



लाटीकाेइलीस्थित इट्टाभट्टा नजिकै भएकाे घटनामा मृत्यु हुनेमा विशाल बुढा रहेकाे प्रहरीकाे भनाइ छ । घटनाबारे थप अनुसन्धानका लागि प्रहरी टाेली घटनास्थलमा पुगेकाे छ । प्रारम्भीक अनुसन्धानका क्रममा पाैडी खेल्ने क्रममै बालक डुबेकाे स्थानीय बताएकाे प्रहरीकाे भनाइ छ ।

तपाईको प्रतिक्रिया