एमालेकाे नयाँ मापदण्ड अतिथि र वक्ताहरुलाई पनि दर्शक दीर्घामै आसन ग्रहण

सुर्खेत । नेकपा एमाले केन्द्रीय सचिवालयले सार्वजनिक कार्यक्रम गर्दा अपनाउनु पर्ने मापदण्ड सार्वजनिक गरेको छ। एमाले केन्द्रीय सचिवालयले कार्यक्रम गर्दा अपनाउनु पर्ने नयाँ ५ बुँदे मापदण्ड सार्वजनिक गरेको हो।



जसमा कार्यक्रमको गरिमा र मर्यादालाई बढाउन पार्टी र जनसंगठनहरुले आयोजना गर्ने सार्वजनिक कार्यक्रममा पार्टी अध्यक्ष बाहेक अन्य फोटो प्रयोग नगर्ने, मञ्चको प्रयोग वक्ताले मात्र गर्ने मापदण्ड बनाएको छ।

यस्तै, अतिथि र वक्ताहरुलाई दर्शक दीर्घामा नै मर्यादित ढङ्गले आसनको व्यवस्था मिलाउने, कार्यक्रममा तथा कार्यक्रम सुरु भएपछि आसन ग्रहणको उदघोषण गरिरहेन परम्परा अन्त्य गर्ने र कार्यक्रममा ब्याज, माला र खादाको अनावश्यक प्रयोग नगर्ने र कार्यक्रमलाई भडकिलो नबनाउने मापदण्ड तयार गरेको एमालेका केन्द्रीय सदस्य निरज आचार्यले जानकारी दिए।

तपाईको प्रतिक्रिया