५ जनाको प्रहरी टोलीले समात्यो १ क्विन्टल चिनी र ३९ पिस कपडा

वीरेन्द्रनगर । सुर्खेतको भेरीगंगा नगरपालिकाबाट प्रहरीले अबैध सामान बरामद गरेको छ। प्रहरीले अन्दाजी १ क्विन्टल २० किलो चिनी, ३९ पिस र जाली वाला प्लाष्टिकको बाटा २४ पिस प्रहरीले बरामद गरेको हो।



भेरीगंगा–१० छिन्चु स्थित ईलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको ५ जनाको प्रहरी टोलीले उक्त समान बरामद गरेको छ।

प्रहरीले नेपालगञ्जदेखि सुर्खेतका लागि छुटेको भे१ख३०४४ नम्बरको फोर्स गाडीलाई चेकजाँच गर्दा कुनै पनि बिल नभएको समान फेला पारेपछि बरामद गरेको हो।

तपाईको प्रतिक्रिया