सुर्खेत । रुकुमपश्चिमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ। मुसिकोट नगरपालिका–१२ नयाँ गाउँ बस्ने ५५ वर्षीया कालिबहादुर खत्रीको लडेर मृत्यु भएको प्रहरीले जनाएको छ।
मुसिकोट–४ सोलाबाङ बजारबाट घ तर्फ जाने क्रममा बादुरे मान्छे बस्ने डाँडा गोरेटो बाटोबाट लडेका थिए।
प्रहरीकाअनुसार खत्री उक्त भीरबाट २०० मिटर तल खसेर मृत्यु भएको छ।


खत्री लडेको भनेर सोही ठाउँमा बस्ने स्थानिय ठानबहादुर केसीले प्रहरी चौकि सोलाबाङ रूकुमपश्चिममा जानकारी गराएका थिए।
उक्त प्रहरी चौकीबाट ३ जनाको प्रहरी टोली खटिएर घटनास्थलमा पुगी घटनास्थल पुगेको थियो।

नेपाल कर्म । ३२ श्रावण २०८०, बिहीबार ११:०७