सल्यान । सल्यानमा एक पुरुषको बेबारिसे शव फेला परेको छ । जिल्लाको त्रिवेणि गाउँपालिका १ स्थित सल्लेरी सामुदायिक वनमा ति पुरुषको शव फेला परेको हो ।
नाम थर नखुलेको करिव ५६ वर्षीय पुरुषको उत्तानो परेको अवस्थामा शव रहेको स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए । कालो पाईन्ट, कलेजी रङको टिसर्ट र कालो चप्पल लगाएको व्यक्तिको शव फेला परेको प्रहरीले जनाएको छ ।

घाँस काट्न स्थानीयले शव देखेपछि प्रहरी चौकी काभ्रा र ईलाका प्रहरी कार्यालय लुहामबाट टोली घटनास्थल पुगेको थियो । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।


नेपाल कर्म । ३१ श्रावण २०८०, बुधबार १३:४९