गायक गणेश वलीले स्वर दिएको तीज गीत ‘बाबू को माया’ सार्वजनिक

सुर्खेत । लोकदोहाेरी गायक गणेशकुमार वलीले स्वर दिएको तीज गीत ‘बाबू को माया’ सार्वजनिक भएको छ। मंगलबार उक्त तीज गीत सार्वजनिक भएको हो।



उक्त तीज गीतमा बाबू दिलबिक्रम शाही र डिल मिलन केसीको शब्द सिर्जनामा रहेको छ।

यस्तै, दल बुढाले भरेको संगीतमा चर्चित लोकप्रिय गायिका सुनिता बुढाक्षेत्री, वीरखाण ठकुरी र गणेशकुमार वलीले स्वर दिएका छन्।

गितको अडियो मालश्री रेकर्डिङ स्टुडियोमा निर्माण गरिएको छ। म्युजिक एरेन्ज बिनोद बाजुरालीले गरेका छन। रेकर्डिङ सागर बाजिराली र गोबिन्द पराजुलीले गरेका छन भने मिक्सिङ्ग खडक बाजुरालीको रहेको छ।

बिष्णु भट्टराईको निर्देशनमा रहेको भिडियोमा टिकटक भाइरल गुल्मेली हिरा थापामगर र सन्तोष शर्मा लगायतको अभिनयमा भिडिओ निर्माण गरिएको छ।

शिखर केसीको कोरियोग्राफी रहेको भिडियो सम्पादन बिष्णु भट्टराईले गरेका छन भने भिडियो निर्माण आशिष् फिल्मीद्वारा निर्माण गरिएको छ।

तपाईको प्रतिक्रिया