मुगु । सोमबार दिउँसाे ४: ४५ बजे सोरु गाउँ पालिका-७ सिप भन्ने स्थानमा भएको जिप दुर्घटनामा परेका घाईतेहरुलाई थप उपचार हुन नसकेपछि नेपाली सेनाको हेलिकप्टरमार्फत नेपालगंज लगिएको छ।

जिप दुर्घटनामा परि घाईते भएका चार जनाको जिल्ला अस्पताल मुगुमा प्रारम्भिक उपचार भएको भएपनी अस्पतालमा थप उपचार हुन नसकेको र अस्पतालमा सिटि स्क्यान लगायतका अन्य सुबिधा नहुदाँ जिल्ला अस्पतालले रिफर गरेकाले घाइतेहरुको थप उपचारकालागि हेलिकप्टरमार्फत उद्दार गरिएको हो ।

वर्षातको कारणले कणाली राजमार्ग अन्तरगत गोठीजिउला –गमगढी सडक खण्डको ठाँउ ठाँउमा पहिरो गएको र रारा विमान स्थलमा नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णयले हवाई सेवा दिउसो संचालनमा नभएकोले घाईतेहरुको हेलिकप्टरमार्फत थप उपचार गर्न हेलिकप्टरको व्यवस्था मिलाईएको मुगु जिल्लाबाट संघिय सांसद ऐन बहादुर शाहीले जानकारी दिए ।


जिल्ला अस्पातलमा उपचार सम्भव नहुने भएपछि घाईते चारै जना लाई सुविधा सम्पन्न अस्पतालमा उपचारका लागि पहल गर्न जिल्ला अस्पातल मुगुबाट मंगलबार जिल्ला प्रशासन कार्यालय मुगुलाई पत्र लेखेर जानकारी गरिएपछि सोहि पत्र आफुले गृह मन्त्रालय,संघिय सासद,प्रदेश सासदहरुलाई आवश्यक पहलका लागी पठाएको र उनिरुको पहलमा घाईतेहरुको थप उपचार गर्न नेपाल सरकारले हेलिकप्टरको व्यवस्था मिलाएको प्रमुख जिल्ला अधिकारी मोहन बहादुर थापाले बताए ।
घाईतेहरुको टाउकोमा चोट देखिएकाले सिटिस्क्यान मेसीन नहुदाँ उनिहरुको टाउको चोट कत्तिको छ भन्ने थाहा नभएकोले सुबिधा सप्पन्न अस्पतालमा लैजान रिफर गरिएको जिल्ला अस्पातल मुगुका डाक्टर नहकुल शाहीले बताए ।
डा : शाहीका घाइते हरुको टाउको सर्पोटका लागि आवश्यक सरभाईकल कोलर र स्पाईलल ब्याक सर्पोट नहुदाँ कार्टुनको प्रयोग गरेर भएपनि उपचार गरिएको थियो । सोमबार भएको जिप दुर्घटनामा सवार ९ जना मध्य हुम्ला जिल्ला सर्केगाड–२ रिपगाउँका एकै नाम थरका दुई जना राम परियार, सोही ठेगानाका प्रकाश बोहोरा र पिउस परियारको मृत्यु भएको थियो ।
सोहि घट्नामा मुगुको सोरु गाउँपालिका वडा नम्बर–५ का वडा सदस्य लोकजंग नेपालीको उपचार गर्न जिल्ला अस्पताल ल्याउदै गर्दा बाटो मै मृत्यु भएको थियो । दुर्घटनामा मुगुको सोरुगाउँपालिका ७ चिप्लेगौडा नजिकै दुर्घटना भएको थियो । दुर्घटनामा परेका ४ जना चालक दिनेश लावड, सोरु–५ का गोविन्दा शाही,सोरु ६ कै सेरे रोकाया र हुम्ला सिमीकोट–२ का उजिर बोहोरा गम्भीर घाइते भएका थिए ।

नेपाल कर्म । ३० श्रावण २०८०, मंगलवार १८:३९