सरकारको खाेजी गर्दै एमालेले गर्याे कर्णाली प्रदेश सभा अवरुद्ध

सुर्खेत । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले कर्णाली सभा बैठक अवरुद्ध गरेको छ। मंगलबार बसेकाे दाेस्राे अधिवेशनकाे ३१ औं बैठक एमालेले अवरुद्ध गरेकाे हाे।



नागरिक उड्डयन प्राधिकरणको निर्णयले कर्णालीले भोग्नुपरेको पीडा र समसामयिक जनजीविकाको सन्दर्भमा प्रदेश सरकारले ध्यान नदिएको भन्दै एमालेले संसद अवरुद्ध गरेको हो ।

बैठककाे सुरुमै एमाले प्रमुख सचेतक टेकराज पछाईले नागरिक उड्डयन प्राधिकरणको निर्णयले कर्णालीका जनताहरुले दुख पाइरहेको बताए । उसंघीय सरकारलाई दबाब दिई उक्त निर्णय फिर्ताको लागि प्रदेश सरकारले संघीय सरकारलाई आग्रह गर्नुपर्ने बताए।

क्यानले गरेको उक्त निर्णयले मान्छेको मृत्यू भएको छ । हुम्लाको सिमिकोट विमानस्थलमा जहाज पर्खदा पर्खदा हुम्लाका ६ महिने बालक इमरान सुनार, ७ महिने रोहित शाही, साढे १ बर्षे बालक आरेन परियार र ५ महिनाका सन्देश लुहारको मृत्यू भएको छ ।

जनताको दिनानु दिन ज्यान गइरहेपनि सरकारको ध्यान नदिएको र प्राधिकरणको निर्णयका कारण जनताले भोग्नुपरेको पीडाबारे सरकारले ध्यान नदिएको लगायतका विषय उठाउँदै उनले सदन अगाडि बढ्न नसक्ने बताए ।

सभामुखले पटक–पटक बस्न आग्रह गर्दा पनि एमालेले अवरोध जारी राख्यो । लगत्तै एमाले संसदीय दलका नेता यामलाल कँडेलले आक्रोशित हुँदै सरकारले जवाफ दिनेगरी उपस्थित हुनुपर्ने बताए ।

नागरिक उड्डयन प्राधिकरणले दिउँसो १२ बजेपछि जहाज सञ्चालन नगर्ने निर्णय गरेको छ । प्राधिकरणले विमानस्थल तालिका अर्थात ‘अपरेसन आवर’ का कारणले नागरिकले दुख पाएको उनले बताए ।

यी यावत् विषयमा सरकारले ध्यान दिनुपर्ने र जनतालाई बुझिने गरी संसदमा जवाफ दिनुपर्ने बताए । एमाले सांसद संसद अवरोध गर्दै रोस्टममा उभिएपछि सभामुख नन्दा गुरुङले साउन ३२ गते दिउँसो तीन बजेसम्मका लागि स्थगित गरिन ।

तपाईको प्रतिक्रिया