
सुर्खेत। लागु औषधसहित जुम्लामा दुई जना पक्राउ परेका छन् । जुम्ला चन्दननाथ नगरपालिका-४ स्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान नजिकै रहेको एक होटलमा खाजा खादै गरेको अवस्थामा लागु औषधसहित उनीहरु पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा चन्दननाथ – ४, बस्ने बर्ष २४ का लुमन चौलागाई र सोही वडामा बर्ष २० का राजेश हमाल रहेका छन् । होटलमा खाजा खादै शंकास्पद रुपमा बसीरहेको अबस्थामा उनीहरुलाई फेला पारी चेकजाँच गर्दा लुमन चौलागाईले लगाएको ट्रयाकको बाँया खल्तीमा लुकाई छिपाई राखेको लागु औषध चरेस जस्तो देखिने १८ मिलिग्राम फेला पारी प्रहरीले बरामद गरेको हो ।


उनीहरु दुबै जनालाई नियन्त्रणमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

नेपाल कर्म । ३० श्रावण २०८०, मंगलवार १२:३२