सुर्खेत । मुगुमा बाेलेर जीप दुर्घटनाहुँदा चार जनाकाे मृत्यु भएकाे छ । साेरू गाउँपालिकाकाे वडा नम्बर ७ मा सिप पहिराे नजिकै ज १ च ७७६२ नम्बरकाे बाेलेराे जीप दुर्घटनामा परेकाे जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख महेश बस्नेतले नेपालकर्मलाइ जानकारी दिए ।
मृत्यु हुनेहरूकाे पहिचान नखुलेकाे बस्नेतले बताए । दुर्घटनामा पाँच जना घाइतेहरू छन् । जिप दुर्घटनामा घाइते हुनेमा सोरु गाउँपालिका–५ नेर गाउँका लोकजन नेपाली, गोबिन्द शाही वडा नं–२ का दिनेश लावड छन् ।

साेरूकाेटबाट गमगढी आउँदै गरेकाे जीप सडकबाट करिव दुइ सय मिटर तल खसेकाे छ । साेरू-गमगढी सडक खण्डकाे ठाउँठाउँमा अवरूद्ध रहेकाले घाइतेहरूलाइ गमगढी ल्याउन कठिनाइ भइरहेकाे उनले बताए ।


नेपाल कर्म । २९ श्रावण २०८०, सोमबार १९:०५