कर्णाली प्रदेश प्रहरी सेवा विधेयक सभामा टेबुल

सुर्खेत । कर्णाली प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सभामा टेबुल भएको छ। सोमबार बसेको प्रदेश सभाको ३०औँ बैठकमा उक्त विद्येयक सभामा टेबुल भएको हो।



सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णबहादुर जिसीले कर्णाली प्रदेश सभा नियमावली, २०७९ को नियम १११ को उपनियम ३ बमोजिम सभा समक्ष टेबुल गरेका छन्।

उक्त विद्येयक शान्ति सुरक्षा कायम गर्दै अपराधको अनुसन्धान रोकथाम र नियन्त्रण मार्फत संविधान प्रदत्त हक मौलिक हक र मानव अधिकारको संरक्षण तथा संवर्द्धन र नागरिक स्वतन्त्रताको रक्षा गर्न प्रदेश प्रहरीको गठन सुपरिवेक्षण समन्वय व्यवस्थापन र नियमनका लागि कानुनी व्यवस्था गर्नका लागि ल्याइएको हो।

तपाईको प्रतिक्रिया