जुवा खेलिरहेकाे अवस्थामा पाँच जना जुवाडे पक्राउ

सुर्खेत । वीरेन्द्रनगरबाट पाँच जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । नगर प्रहरी कार्यालय वीरेन्द्रनगरले ५ जना जुवाडेहरु पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा वीरेन्द्रनगर–५ का ४३ वर्षीय ध्रव पुरी, सोही ठाउँका ५३ वर्षीय प्रकाश गुरुङ, ५७ वर्षीय तपबहादुर राना, वीरेन्द्रनगर–६ का ४६ वर्षीय खड्कबहादुर रावत र दैलेखको दुल्लु नगरपालिका–११ का ४६ वर्षिया अमर भण्डारी छन् ।



जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुको साथबाट २४ हजार दुई सय ८५ रुपैयाँ नगदसहित र तीन गड्डी तास समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

वीरेन्द्रनगरनगर ६ को किशोर कुमार केसीको घरमा जुवा तास खेलीरहेको गोप्य सुचनाको आधारमा नगर प्रहरी कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया