काठमाडौं । वेष्ट इन्डिजले घरेलु मैदानमा भएको भारतविरुद्धको पाँच ट्वान्टी २० अन्तर्राष्ट्रिय शृंखला ३–२ ले जितेको छ। शनिबार राति घरेलु मैदानमा भएको निर्णायक खेलमा भारतमाथि ८ विकेटको जित निकाल्दै वेष्ट इन्डिजले शृंखला जितेको हो।
वेष्ट इन्डिजले भारतविरुद्धको शृंखला ६ वर्षपछि जितेको हो। यसअघि भएको एकदिवसीय शृंखला र टेष्ट भने भारतले जितेको थियो। यसअघि वेष्ट इन्डिजले सुरुआती दुबै ट्वान्टी २० खेल जितेर २–० को अग्रता बनाएको थियो। तर, भारतले पुनरागमन गर्दै शृंखला २–२ को बराबर गर्न सफल भएको थिया। पहिलो खेल चार रन र दोस्रो खेलमा वेष्ट इन्डिज २ विकेटले विजयी भएको थियो। त्यसपछिका दुई खेलमा भारत क्रमशः सात र ९ विकेटले विजयी भएको थियो।
अन्तिम खेलमा भारतले दिएको एक सय ६६ रनको लक्ष्य वेष्ट इन्डिजले १८ ओभरमा दुई विकेट गुमाउँदै पूरा गरेको थियो। घरेलु टोलीका ओपनर ब्रान्डन किङले ५५ बलमा ८५ रनको अविजित इनिङ खेले।

वेष्ट इन्डिजको जितमा पूरन र ब्रान्डनले ७२ बलमा एक सय २ रनको बलियो साझेदारी गरे। निकोलस पूरनले ३५ बलमा ४७ रन तथा साई होप १३ बलमा २२ रन बनाएर अविजित रहेका थिए । वेष्ट इन्डिजको जितमा पूरन र ब्रान्डनले ७२ बलमा एक सय २ रनको बलियो साझेदारी गरे।

यसैगरी होप र ब्रान्डनले ५२ रनको अविजित साझेदारी गरेपछि वेष्ट इन्डिजले सहज जित पाएको हो। भारतका अर्शदीप सिंह र तिलक बर्माले मात्रै समान एक विकेट लिए।
यसअघि टस जितेर ब्याटिङ गरेको भारतले २० ओभरमा ९ विकेट गुमाउँदै एक सय ६५ रन बनाएको थियो। सुर्यकुमार यादवले ६१ रन बनाएपनि अन्य खेलाडीले बलियो साझेदारी बनाउन सकेनन्। ओपनर यशस्वी जैशवाल र शुबमन गिलले दोहोरो अंक बनाउँनै सकेनन्। तिलकले २७, सन्जु सामसनले १३, कप्तान हार्दिक पांड्याले १४ र अक्षर पटेलले १३ रन बनाए। वेष्ट इन्डिजका रोमारियो सेफर्डले सर्वाधिक चार विकेट लिएका छन्। जेसन होल्डर र एकेअल हुसैनले समान दुई विकेट लिए।

नेपाल कर्म । २९ श्रावण २०८०, सोमबार १५:४६