काठमाडौं । नेकपा एमालेले भदौ र असोजमा प्रदेश अधिवेशन गर्ने निर्णय गरेको छ। पार्टी कार्यालय च्यासलमा सोमबार बसेको सचिवालय बैठकले प्रदेश अधिवेशनको मिति टुङ्ग्याएको हो।

एमालेले भदौ १६ र १७ लुम्बिनी, असोज ५ र ६ मधेश, असोज ८ र ९ बागमती, असोज १० र ११ कर्णालीको अधिवेशन गर्ने निर्णय गरेको छ।


त्यस्तै असोज १२ र १३ कोशी, असोज १५ र १६ गण्डकी, असोज १९ र २० उपत्यका विशेष र असोज २१ र २२ सुदूरपश्चिम प्रदेशको अविधेशन गर्न लागेको छ। एमालेले पार्टी सदस्यता नवीकरणको काम साउन १५ गतेसम्म अद्यावधिक गरी प्रमाणीकरण गरेको थियो ।

नेपाल कर्म । २९ श्रावण २०८०, सोमबार १४:२३