सुर्खेत । भेरी नदीमा बाढीको बहाव बढेपछि अलर्ट जारी गरिएको छ । रत्न राजमार्गको भेरी पुलमा रहेको बाढी मापनकाअनुसार नदीमा बहाव बढ्दो क्रममा रहेकाले आवश्यक सर्तकता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अलर्ट जारी गरेको हो ।
अहिले भेरी नदीमा बाढीको बहाव ७.६९ मिटर पुगेपछि महाशाखाले चेतावनी जारी गरेको छ । भेरी नदीमा ७ मिटर बाढी आएमा चेतावनी र ८ मिटर पुगे खतरा मानिन्छ ।



अझै बाढीको बहाव बढिरहेकाले भेरी पुलदेखि तल्लो तटिय क्षेत्रका नागरिकहरुलाई उच्च सतर्कता अपनाउन महाशाखाले भनेको छ । भेरी नदीको तल्लो तटिय क्षेत्रहरुमा रानीघाट, पाग्म, चेपाङ्ग, तिखाकुना लगायतका वस्तीहरु रहेका छन् । स्थानीय प्रशासनले पालिकाहरुको समन्वयमा ति क्षेत्रका नागरिकहरुलाई सावधानी अपनाउन आग्रह गरेको छ ।

नेपाल कर्म । २९ श्रावण २०८०, सोमबार ०८:४८