सुर्खेत । भेरी नदीमा खसेर जाजरकोटको भेरी नगरपालिका–७ पुन्माका अन्दाजी ४७ वर्षीया नरु चन्द बेपत्ता भएका छन्। कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार शिवालय गाउँपालिका–१ छेडाचौर बजारबाट घरतर्फ पैदल जाने क्रममा नदीमा खसेर बेपत्ता भएका हुन्।
छेडागाड नगरपालिका–१३ गारातारा स्थित सुर्खेत छिन्चु जाजरकोट सडक खण्डको छेउमा पिसाब फेर्ने क्रममा एक्कासी चिप्लिएर नदीमा खसेको प्रहरीले जनाएको छ।
भेरी नदीमा खसेको भन्ने खबर उनको छोरा बिक्रम चन्दले प्रहरी चौकी छेडाचौरमा गरेका थिए।


उक्त खबर पश्चात उक्त चौकिबाट ११ जनाको टोलि खटिएको र जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट ८ जनाको प्रहरी टोली, सशस्त्र प्रहरी बल जाजरकोटबाट ११ जना सशस्त्र प्रहरीको टोलि, चन्दननाथगण जाजरकोटबाट ११ जना नेपाली सेनाको टोलिले उनको खोजीकार्य जारी राखेको जनाएको छ।

नेपाल कर्म । २८ श्रावण २०८०, आईतवार १६:३६