देउरालीमा फेरि राेकिए कर्णालीका मुख्यमन्त्री, रत्न राजमार्ग अवरुद्ध

सुर्खेत । वर्षातका कारण सडकमा पहिराे झरेपछि रत्न राजमार्ग अवरुद्ध भएको छ । बबई-काेहलपुर खण्डको बाँसगढी नगरपालिकाकाे देउराली नजिकै पहिराे खसेपछि सडक अवरुद्ध भएको हाे ।

सडक अवरुद्धहुँदा काेहलपुरबाट सुर्खेत र सुर्खेत लगायतका जिल्लाबाट काेहलपुरतर्फ जाने सवारी राेकिएकाे प्रहरी चाैकी बबईले नेपालकर्मलाई जानकारी दिएकाे छ । सडक अवरुद्धहुँदा नेपालगञ्ज जान लागेकाे मुख्यमन्त्री राजकुमार शर्मासमेत राेकिएका छन् ।



 देउरालीदेखि एक किलोमिटर उत्तर बबईतर्फ गरगरे माेडमा पहिराे खसेकाे प्रहरीले जनाएको छ । सडक हटाउन सडक डिभिजनकाे डाेजरले काम गरिरहेकाे छ । पानी परिरहेकाले सडक पन्छ्यान समस्या भएको प्रहरीकाे भनाइ छ ।

तपाईको प्रतिक्रिया