कर्णाली राजमार्ग अवरुद्ध, रुख ढल्दा रोकिएका कर्णालीका मुख्यमन्त्री नेपालगञ्ज प्रस्थान

सुर्खेत । अविरल वर्षाका कारण पहिरो खस्न शुरु गरेको छ । पहिरो गएपछि कर्णाली राजमार्गको सुर्खेत खण्ड अवरुद्ध बनेको छ । यो राजमार्गको बड्डीचौर–तल्लोडुंगेश्वर सडक खण्डको बराहताल गाउँपालिकाको वडा नम्बर १० कल्यानकाँधमा पहिरो जाँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता लक्ष्मणबहादुर शाहीले नेपालकर्मलाई जानकारी दिए ।



उनकाअनुसार सडकमा पहिरो खस्दा गाडीहरु रोकिएको र सडक सुचारु गर्न बराहताल गाउँपालिकाको डोजर पठाउने तयारी भइरहेको छ । यता, कर्णालीका मुख्यमन्त्री राजकुमार शर्मा सडकमा रुख ढल्दा हरेमा रोकिएका छन् ।

रत्न राजमार्गको छिन्चु–हर्रे खण्डको सडकमा रुख ढल्दा केही बेर मुख्यमन्त्री शर्मा रोकिएको तर रुख हटाएपछि नेपालगञ्जका लागि हिडेको प्रवक्ता शाहीले बताए । उनकाअनुसार छिन्चु–जाजरकोट खण्डको पोखरेमा लेदोसँगै बाढी आउँदा सडक अवरुद्ध भएको छ ।

तपाईको प्रतिक्रिया