सुर्खेत । गए रातिदेखि निरन्तर परेको अविरल वर्षा अझै रोकिएको छैन्। उक्त वर्षा कर्णाली प्रदेशका सुर्खेत र दैलेखमा पनि भारी वर्षा भइरहेको छ।
मौसमविद्का अनुसार सुर्खेत जिल्ला भर र दैलेखको अधिकाशं भागमा भारी बर्षा जारी रहेको छ।


गए रातिदेखि परेको अविरल वर्षा तत्कालै कम हुने संकेत नदेखिएको मौसमविद् सन्जिव अधिकारीले नेपालकर्मलाई जानकारी दिए।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् अधिकारीले भने, ‘दैलेखमा सुर्खेतमा भारी बर्षा भइरहेको छ। वर्षा अहिले नै रोकिने स्थिति छैन्। भोलीबाट केही सुधार हुनसक्ने संकेत देखिन्छ।’
साथै उनले हिमाल भन्दा पहाड र तराईमा बढी वर्षा भइरहेको जानकारी दिए।

नेपाल कर्म । २८ श्रावण २०८०, आईतवार १२:११