सुर्खेत । बर्दियास्थित रानी वर्षामापन केन्द्र र आसपासका क्षेत्रमा भारी वर्षा भएको र थप वर्षा हुने सम्भावना रहेकाले त्यस क्षेत्रमा बाढीको जोखिम बढेको छ।
त्यसैले त्यहाँका नदी तटीय क्षत्रमा सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।



सूचनामा भनिएको छ– पछिल्लो ३ घण्टामा बर्दियाको रम्भापुर, रानी वर्षामापन केन्द्र र आसपासका क्षेत्रमा भारी वर्षा मापन भएको र थप वर्षा हुने पूर्वानुमान छ। सो क्षेत्र भई बहने ससाना खोलामा आकस्मिक बाढी आउनसक्ने, तटीय क्षेत्रमा रहनुहुनेले दिउँसोसम्मै सतर्कता अपनाऔँ।

नेपाल कर्म । २८ श्रावण २०८०, आईतवार ११:४८