पेशागत महासंघ नेपाल भैरवीको अध्यक्षमा झक्कप्रसाद रिजाल

सुर्खेत । दैलेखको भैरवी गाउँपालिकामा पेशागत महासंघ नेपालको नयाँ गाउँ कमिटी गठन गरिएको छ। शनिबार महासंघ भैरवीको दोस्रो भेलाबाट नयाँ कार्यसमिती चयन गरिएको हो।



जसको अध्यक्षमा झक्कप्रसाद रिजाल , उपाध्यक्षमा बमबहादुर कार्की, महिला उपाध्यक्षमा दुर्गाशर्मा आचार्य, सचिवमा अरुण खनाल, सह–सचिवमा केशव अधिकारी र कोषाध्यक्षमा केशवप्रसाद भट्टराई सर्वसम्मत चयन भएका छन्।

यस्तै, सदस्यमा स्मृति शाही, चन्द्रा केसी, प्रेमप्रकाश वि.क, लक्ष्मी पाण्डे र गोबिन्दबहादुर शाही चयन भएका छन्।

तपाईको प्रतिक्रिया