वीरेन्द्रनगर । नेपाल उत्पीडित जातीय मुक्ति समाजको कर्णाली अध्यक्षमा पर्वसिंह विश्वकर्मा चयन भएका छन्। शनिबार वीरेन्द्रनगरमा भएको समाजको पहिलो प्रदेश सम्मेलनबाट अध्यक्षमा पर्वसिंह सर्वसम्मत चयन भएका हुन्।

उपाध्यक्षमा, धनबहादुर चुनारा र चन्द्रबहादुर विक, सचिवमा बलबहादुर सार्की, उपसचिवमा रामबहादुर नेपाली र सीता विक सर्वसम्मत चयन भएका छन्।


यस्तै, कोषाध्यक्षमा तृप्ती विकसहित ५१ सदस्यीय नेपाल उत्पीडित जातीय मुक्ति समाजको कर्णाली प्रदेश कमिटी चयन गरिएको छ।

नेपाल कर्म । २८ श्रावण २०८०, आईतवार ०८:३५