अनेरास्ववियु एमयुको केन्द्रीय अध्यक्षमा नरेशजंग राना

सुर्खेत । अनेरास्ववियु मध्यपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस कमिटीको अध्यक्षमा नरेशजंग राना चयन भएका छन्। शनिबार भएको कमिटीको चौथौ सम्मेलनबाट राना अध्यक्षमा सर्वसम्मत चयन भएका हुन्।



यस्तै, उपाध्यक्षमा अनमोल शाही र सन्देश थापा, सचिवमा विजय कार्की, सह–सचिवमा जेपि पोख्रेल, प्रकाश काफ्ले, चेतना थापा र खेमराज लम्साल चयन भएका छन्।

कोषाध्यक्षमा सिता रोकाय सहित २८ सदस्यीय कमिटी गठन गरिएको छ।

तपाईको प्रतिक्रिया