काठमाडौँ । युरोपेली मुलुक माल्टामा रहेका नेपाली समुदायबीच क्रिकेट टुर्नामेन्ट हुने भएको छ। जिरा युनाइटेड क्रिकेट क्लबको आयोजनामा यही अगष्ट २६ र २७ मा प्रतियोगिता हुन लागेको हो।
कार्यक्रमको संयोजक ललितजङ क्षेत्री रहेका छन्। प्रतियोगितामा प्रथम हुने टिमले एक हजार युरोसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ। यस्तै दोस्रो हुने टिमले ६ सय युरोसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ भने तेस्रो हुने टिमले ३ सय युरोयुरोसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ।
कार्यक्रमको मुख्य प्रायोजन एनआरएनए युवा अभियान्ता रोशन गिरीले गरेका छन्। गिरीले प्रथम हुनेको पुरस्कार राशी र मेडल तथा सर्टिफिकेट स्पोन्सर गर्ने आयोजकले जनाएको छ।


नेपाली समुदायको हक हितका लागि काम गरिरहेका युवा अभियन्ता गिरीले युवा लक्षित कार्यक्रममा सदैव साथ र समर्थन रहने भन्दै यो प्रतियोगिता सफल पार्न आफ्नो तर्फबाट सबै साथ रहने बताए। नेपाली समुदायबीच पहिलो पटक हुन लागेको यो प्रतियोगिताले आपसी सद्भाव बढाउने भन्दै नेपाली समुदाय उत्साहित छ।

नेपाल कर्म । २७ श्रावण २०८०, शनिबार १४:२८