सिंगापुरमा लागूऔषध कारोबारमा संलग्न ४९ जना पक्राउ

एजेन्सी । सिंगापुरको सेन्ट्रल नार्कोटिक्स ब्यूरोले लागुऔषध कारोबारको आशङ्कामा ४९ जनालाई पक्राउ गरेको छ। हालै गरेको अपरेसनमा सेन्टोसा टापुको एउटा होटल भिलामा ती संदिग्धहरू पक्राउ परेका हुन् ।



ती ४९ संदिग्धहरू २१ देखि ४६ वर्ष उमेर समूहका छन्। जसमध्ये ३५ सिंगापुरीहरू रहेको बताइएको छ।
कारबाहीका क्रममा ‘एक्स्टेसी’ र केटामाइन लगायतका नियन्त्रित लागूऔषध र लागूऔषध सामग्री बरामद गरिएको पनि बताइएको छ। यस बारे थप अनुसन्धान जारी छ।

तपाईको प्रतिक्रिया