प्रत्यक्ष राष्ट्रपतिय शासन प्रणाली लागु हुनुपर्छ : भट्टराई

सुर्खेत । नेपाल समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले संविधान संसोधन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिय शासन प्रणाली लागु गरे मात्र देशले निकास पाउने बताएका छन्।



संगठन निर्माण तथा विस्तार अभियान पार्टी केन्द्रीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन शनिवार वीरेन्द्रनगर आइपुगेका अध्यक्ष भट्टराईले केन्द्र र प्रदेशमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र मुख्यमन्त्री चुनिने व्यवस्था लागु हुनुपर्नेमा जोड दिए।

पुराना विचारधारा बोकेका नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी लगायतका शक्तिहरुबाट परिवर्तन सम्भव नभएको उल्लेख गर्दै भट्टराईले पछिल्लो समय यिनै दलहरुप्रतिको वितृष्णाको उपजमा नयाँ शक्तिका रुपमा आपूmरुहरु आएको दावी गरे।

संविधान निर्माणका क्रममा साशकिय कमजोरीले अवलम्बन भएको निर्वाचन प्रर्णालीले लोकतन्त्र र गणतन्त्रको संस्थागत विकास सम्भव नरहेको उनको भनाई छ । यसैको परिणाम स्वरुप कुनै पनि दलको बहुमत नआउदा देश अस्थिरताको बाटोमा हिँडेको बताए।

चर्चामा रहेका सन काण्ड, नक्कली भुटानी सरणार्थी जस्ता भ्रष्टाचारका काण्डहरु मात्रै नभई पञ्चायतकालदेखिका प्रकरणलाई उच्चस्तरिय छानविन समिति बनाएर निष्पक्ष छानविन हुनुपर्ने पक्षमा आफू रहेको उनको भनाई छ। ललिता निवास प्रकरणमा आफ्नो समयमा पनि केही निर्णय भएको स्वीकार्दै राज्यलाई निष्पक्ष छानविनमा पूर्णरुपले सहयोग गर्ने बताए।

‘ललिता निवास प्रकरणमा मेरा पालमा पनि केही निर्णय भएको रहेछ, प्रधानमन्त्रीले सबै कुरा हेर्न भ्याउने कुरा पनि भएन र अर्को कुरा मन्त्रीपरिषदबाट आएको विषयलाई संकाले हेर्नुपनि भएन,’ भट्टराईले भने, ‘यस विषयमा कही कतै राज्यको सम्पत्तिमाथी क्षति पुगेको रहेछ भने कारवाही भोग्न तयार छु। यो मात्र नभई सम्पूर्ण घोटालाका प्रहरणहरु छानविन हुनुपर्छ, मेरो यसमा पूर्ण सहयोग रहन्छ।’

तपाईको प्रतिक्रिया