माफ गर म तिम्रो बाउ बन्न सकिन !

कति हतार गर्छौ ‘ए’ मूर्ख जीवन लामो छ। भविष्य तिम्रै हो तिम्रै छ। म तिम्रो बाबू हुँ। अनि उ तिम्रो आमा। यो शाश्वत सत्य हो। सोह्रै आना साँचो कुरा हो। यति भन्दा पनि तिमिहरुलाई विश्वास लागेन किन निराँस मुद्रामा छौँ। मूर्ख म तिम्रै बाउ हुँ।



उ नै तिम्री आमा हो। खुसि म पनि हेर्न चाहान्छु। किनकी म तिम्रो बाउ हुँ। तिम्रो त्यो शंकास्पद अनुहार मेरो लागि सह्य छैन्। चेहरामा मुस्कान चाहान्छौँ। हामी तिम्रा अभिभावक!

समयमै बुबा/आमासँग खेल्ने तिम्रो सोच पनि राम्रै हो। त्यो भाइ अनि त्यो बहिनीसँग जोडि गाँस्दै शैसवकाल बिताउने तिम्रो भावना मैले राम्रोसँग बुझेको छु। घरको आँगनमा तिम्रो कोमल नयनमा नजरअन्दाज गर्दै लोरि (बच्चालाई सुताउनका लागि आमाले गाउने गीत) गुनगुनाउदै तिम्रो त्यो तोते बोलिमा झुम्न मन मलाइ पनि नभएको कहाँ होर। तिम्रा ती बुढा हुन थालेका हजुरबुबा, हजुरमालाई नाति÷नातिना थमाएर जिम्मेवारीको बोझ टक्र्याउने योजना पनि निकै बनेकै छ। यसको लागि धेरै तत्व मिल्नु नितान्त आवश्यक छ।

कच्चापदार्थ त चाहियो।

तिम्रा नमुना आमाहरुको केही परिक्षण प्रयास भएको र जारी नै रहेको छ। थाहा छैन् कुन रसायनको अभाव भयो। प्रयोगशाला पनि निरर्थक बनेको छ। योजनामा निकैनै तरलता भएर होला सायद स्थिरता पाउन सकेको हैन्। समय पनि यस्तै होला कच्चा समय।

कच्चा भनौ त पक्का पो कहिले हुन्छ र? त्यो त भोगाइ रहेछ। स्थिरता पश्चात् मिल्ने मध्य जुन पनि तिम्रो आमा बन्न योग्य छन्। तर, ति तिम्रा आमा मध्य कसैसँग समय मिल्दैन, कसैसँग कुरा मिल्दैन, कसैसँग भावना मिल्दैन त कसैसँग स्तर मिल्दैन्।

कसैका बाबु/आमाका विचार मिल्दैनन् कसैका आवश्यकता मिल्दैनन यस्तै, यस्तै…

कुनै आमाहरुको दोहोरो चक्कर भेटिन् थाल्यो कस्को बन्नेहो टुंगो लाग्ने हैन्। ऐलानी छन्। कतिबेला कस्ले सिमा मिच्ने हो पत्तो छैन्। कतिवेला निर्मला सावित हुने हुन वा कतिबेला पल शाह अनि सन्दीप बनाइने हुन् त्यसको त झनै के ठेगान छ र?

कोही/कोही त हिसाबकिताबमै सिमित छन्। सबै जिम्मा त्यहीँ नारीको हातमा छ। रिमोट चल्छ कसैको जिन्दगी चल्छ त कसैको पुरै जल्छ!

तिम्रो आमालाई प्रस्सत धन, सम्पती, अयस आराम, मोजमस्ती चाहिने रहेछ। शहरमा घर चाहिने, हिड्न मोटर गाडी चाहिने माफ गर त्यो सबै पुर्‍याउने मेरो हैसियतले भेट्न सक्दैन्। गोजिमा गाँट भए मात्र आमा खुसि हुने रहेछन्।

विदेश गएर तिम्रो आमालाई यि सबै किनिदिउँ त मेरै यी आँखाले देख्न थाले। तिम्रा धेरै अंकलहरु आफ्नो रगत र पसिनालाई तिम्रो दाइ/भाइको सपना सम्झिएर श्रम बेचिरहेको, खाडिको त्यो बेस्वादिलो पसिनाको गन्धमा लटपटिरहेको, ताप र रापले जलिरहेको, जसो तसो श्वास चलिरहेको। यता तिम्रा अंटिहरु परपुरुष झमेलामा रमाएको।

कहिले कुन बार, कहिले कुन रेस्टुरेन्टको पर्दामा, हातमा सिक्रेट दन्दिरहेछ, धुवाँ हावामा बिलाइरहेछ, उता खाडिको सपना हावामा उडिरहेछ, हुस्की बियर पनि नचल्ने रहेनछ। सकेको लिएकै छ यता शरीर हल्लाईरहेछ, बिचरा खाडिको ज्यानको कल्पित सपना लरखराइ रहेछ। कतिबेला को अनि के पहिले ढल्नेहो पत्तो छैन्। नियती नै त्यस्तै हो या यसरिनै जीवन चल्ने हो?

सेकेन्ड भरमै स्थान बदलिन्छ, रहर बदलिन्छ, शहर बदलिन्छ। समय चिन्न सकेनन् या भविष्य बनाउन चाहेनन् खै? क्षण भरमा सबै परिवर्तन छ। म कसरी तिम्रो आमालाई यसरी बिगार्न सक्छु। तिम्रो चम्किलो भविष्यमा ग्रहण लगाउन रहर जागेन। मैले तिम्रो आमालाई नै यसरी स्वतन्त्रता छाडे भने सोच त तिम्रो भविष्य कस्तो होला? मेरो दुःखले पनि सराप्र्नु बाहेक विकल्प हुने छैन्।

छोटो समय राम्रै कुरा हुन्छ योजना बन्छ। खै कुन इट्टा फरक परेछ लडि हाल्छ। कुरा हुन्छ बीचैमा छोडिहाल्छ। कसैको मनमा खेल्न नसकेर नै होला। कसैका रंङ्गिन सपना होलान्। चिमोठ्न चाहेन्।

प्यारा सन्तति यी सबै मेरा मनगडन्ते कल्पनामा सिमित छन अहिले। तिम्रो आमाको अहिलेसम्म पहिचान खुल्न सकेको छैन्। म नै तिमिहरुको आमा हुँ भन्न लायक पनि कोहि भेट्न सकेको पनि हैने। मेरा हरेक एकल प्रयासबाट तिम्रो सहज आगमन पनि सम्भावना छैन्। अहिले म तिम्रै आमाको हरदम प्रयासमा छु। केही समयलाई माफ गर सन्तति म तिम्रो बाउ बन्न सकिन्।

‘केही यथार्थतालाई प्रतीकात्मक रुपमा लेखेको हुँ केही गल्ती भए माफी चाहान्छु।’

खेमराज गौतम
ठाँटीकाँध दैलेख
हाल बनगाड कुपिण्डे सल्यानमा

तपाईको प्रतिक्रिया