तीन घण्टापछि खुल्यो रत्न राजमार्ग

सुर्खेत । शनिवार विहान ५ बजेबाट अवरुद्ध भएको रत्न राजमार्गमा सञ्चालनमा आएको छ । यो सडकको छिन्चु–सुब्बाकुना खण्डको पैसठ्ठी नजिकै सडकमाथि ढुंगा खसेपछि सडक अवरुद्ध भएको हो ।



सडक अवरुद्धहुँदा तीन घण्टासम्म सवारी रोकिएका थिए । सडक डिभिजनन कार्यालयको डोजरले ढुंगा हटाएपछि सडक सुचारु भएको ईलाका प्रहरी कार्यालय छिन्चुले जानकारी दिए ।

गत वर्ष साउन ९ गते काठमाडौंबाट सुर्खेत आउँदै गरेको बसमा यहीँ ठाउँमा सडक माथिबाट खसेकाे ढुंगा लागेर दैलेख घर भएकी एक किशोरीकाे मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया