सुर्खेत । लागु औषध ब्राउन सुगर मुद्दामा कैद तोकिएका फरार एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुर्भाकोट नगरपालिका–१२ शुभाघाट बस्ने २७ वर्षीय राजेश राजी छन् ।
उनलाई जिल्ला अदालतले सुर्खेत २०७८ फागुन ८ गते तीन महिना कैद सजायको फैसला तोकेको थियो । ईलाका प्रहरी कार्यालय छिन्चुबाट र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले राजीलाई मेहलकुना बजारबाट नियन्त्रणमा लिएको हो । उनलाई हाल ईलाका प्रहरी कार्यालय छिन्चुमा राखिएको छ ।


नेपाल कर्म । २६ श्रावण २०८०, शुक्रबार १४:३८