बाँकेका अन्सारी १६ हजार नगद र लागू औषधसहित वीरेन्द्रनगरमा पक्राउ

सुर्खेत । सुर्खेत प्रहरीले लागु औषधसहित एक जनालाई पक्राउ गरेको छ । बाँके घर भएका २३ वर्षीय इथान अन्सारीलाई कर्णाली प्रदेश प्रहरी कार्यालयबाट खटिएको लागु औषध ब्यूरोको टोलीले वीरेन्द्रनगरस्थित जुम्ला रोडबाट पक्राउ गरेको हो ।



अन्सारी नेपालगञ्ज उपमहानगरपालिका–७ का हुन् । चेकजाँजका क्रममा अन्सारीले लुकाएर राखेको अवस्थामा ३४० मिलिग्राम लागुऔषध जस्तो देखिने खैरो धुलो बरामद भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

प्रहरीले उनको साथबाट १६ हजार पाँचसय नगद रुपैयाँ पनि बरामद गरेको छ । पक्राउ परेका अन्सारीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीको भनाई छ ।

तपाईको प्रतिक्रिया