च्याउ खाेज्न गएका बडुवालकाे मृत अवस्थामा भेटियाे शव

मुगु । च्याउ खोज्न गएका एक व्यक्तिको शव फेला परेको छ । छाँयानाथ रारा नगरपालिका–१४ बाम बास्ने ५५ वर्षीय मानबहादुर बडुवाल मृत अवस्थामा भेटिएका हुन् ।



घरबाट च्याउ खोज्न जान्छु भनी गएका उनी घर नफर्किएपछि १० जनाको प्रहरी टोली खोजीका लागि गएको थियो । घरदेखि माथि रहेको बयभीरमा अस्थायी प्रहरी पोष्ट बाम र जिल्ला प्रहरी कार्यालय मुगुबाट थप टोली घटनास्थलतर्फ गएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

मृत भेटिएका बडुवालको घटना ल कार्य पुरा गरेर शव पोष्टमाटमका लागि जिल्ला अस्पताल मुगु पठाएको कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया