एमाले सुर्खेतको पार्टी स्कुल विभागमा विसी, प्रचारप्रसारमा पाण्डेलाई दिइयो जिम्मेवारी

सुर्खेत । नेकपा एमाले सुर्खेतले विभिन्न विभागहरुको जिम्मेवारीहरु हेरफेर गरेको छ । साउन ६ गते बसेको पार्टीको सचिवालय बैठकले गरेको निर्णयलाई साउन १२ र १३ गते बसेको पदाधिकारी बैठकले अनुमोदन गरेपछि विभिन्न विभागहरुको जिम्मेवारी हेरफेर गरेको हो ।



स्कुल विभाग प्रमुखमा पार्टी अध्यक्ष अमृत विसीलाई जिम्मेवारी तोकिएको छ । यस्तै, संगठन विभाग प्रमुखमा उपाध्यक्ष कुलमणि देवकोटा, जनवर्गिय संगठन तथा समन्वय संयन्त्र प्रमुखमा सचिव कविन्द्र केसीलाई तोकिएको छ ।

यस्तै, नेकपा एमाले सुर्खेतको प्रचारप्रसार तथा प्रकाशन विभागको प्रमुखमा घनश्याम पाण्डेले जिम्मेवारी दिएको सचिव कविन्द्र केसीले नेपालकर्मलाई जानकारी दिए । उनकाअनुसार आर्थिक विभाग प्रमुखमा डम्बर तिवारी, स्थानीय विकास विभाग प्रमुखमा गंगाराम तिमिल्सेना र सामाजिक सेवा विभाग प्रमुखको पूर्णप्रसाद पौडेललाई जिम्मेवारी दिइएको छ ।

सहकारी विभाग प्रमुखमा बलबहादुर विक, स्वास्थ्य विभाग प्रमुखमा टिका विष्ट, युवा तथा खेलकुद विभाग प्रमुखमा खिमलाल देवकोटा, उद्योग तथा बाणिज्य विभागमा सूर्यबहादुर रावतलाई तोकिएको छ ।

यस्तै, विपद तथा स्वयंमसेवक सेवा विभागमा गंगाराम सुनार, शिक्षा तथा मानव संशाधन विभाग प्रमुखमा यामुना नेपाली र खानेपानी तथा सरसफाई विभाग प्रमुखमा रत्न बुढा रहेका छन् ।

तपाईको प्रतिक्रिया