सुर्खेत । नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन (नेपोन)को कर्णाली प्रदेश कमिटीको प्रथम अधिवेशनबाट खगेन्द्र गुरुङ्गको अध्यक्षतामा २७ सदस्यीय प्रदेश समिति गठन गरिएको छ । वीरेन्द्रनगरमा विहिबार सम्पन्न अधिबेशनले उपाध्यक्षमा प्रशान्त कुमार शाह र हर्कबहादुर गुरुङ, सचिवमा डिलबहादुर खड्का, उपसचिवमा नरबहादुर खड्का र दिपक बहादुर सिंह तथा कोषाध्यक्षमा देवराज गौलीलगायतलाई निर्विरोध चयन गरेको हो ।

उद्घाटन कार्यक्रममा सम्बाेन्धन गर्दै नेकपा एमालेका स्थायी कमिटि सदस्य यामलाल कंडेलले व्यवस्था बदलिएपनि जनताको अवस्था नबदिएको भन्दै अवस्था बदल्न एमालेको सरकार हुन आवश्यक रहेको बताए ।

उनले राम्रो र सक्षम पार्टी सत्तामा नगए जनताले दुख पाउने प्रसंग उल्लेख गर्दैे राम्रो पार्टीलाई सरकारमा पु¥याउन सबै सचेत नागरिक एकजुट हुनुपर्नेमा जोड दिए । संगठनका राष्ट्रिय अध्यक्ष विनोदजङ्ग पाण्डेले सेवामा हुँदा देशका लागि लडेका भूपू सैनिक प्रहरीहरु देशको मुहार फेर्नका लागि एकताबद्ध हुन जरूरी रहेको बताए ।
उनले ज्ञान सीप क्षमताले अब्बल भूपु सैनिक तथा प्रहरीले समाजलाई रूपान्तरणका लागि नेतृत्व गर्न पनि तयार हुनुपर्ने धारणा राखे । उनले राष्ट्र र राष्ट्रियताका लागि सधैं लडेका भूपुहरू राष्ट्रियताको पक्षधर पार्टी रोज्नुपर्ने भन्दै वर्तमान अवस्थामा नेकपा एमाले नै राष्ट्रप्रमी पार्टी भएको जिकिर गरे ।

देश बनाउने सामथ्र्य भएको पार्टी एमाले भएको भन्दै भूपू सैनिक प्रहरीले एमालेलाई समर्थन गर्नुपर्नेमा उहाँले जोड दिए । नेकपा एमालेका केन्द्रीय सदस्य एवं भुपू सैनिक प्रहरी संगठनका इन्चार्ज यज्ञराज सुनुवारले हिजो जनताका छोरालाई एक आपसमा भिडाउने नेपाली काँग्रेस र माओवादी एकै ठाउँमा उभिएकाले किन आपसमा लडाइएको थियो भन्ने जनताले जवाफ माग्नुपर्ने बताए ।
वर्तनमा सत्ता गठबन्धनले राष्ट्रहित विपरितका कार्यमात्रै गरेको उनले जिकिर गरे । एमाले पोलिटब्युरो सदस्य तथा जनवर्गीय संगठन कर्णाली इन्चार्ज गुलावजंग शाहले अफ्ट्यारोमा काँध हाल्ने एमाले पार्टी मात्रै भएको भन्दै सचेत नागरिक एक भएर एमालेलाई पहिलो पार्टी बनाउनुपर्ने बेला आएको बताए ।
एमाले कर्णाली प्रदेश कमिटि अध्यक्ष विनोद कुमार शाहले आउने २०८४ को निर्वाचनमा एमाले पहिलो पार्टी बजाउनका लागि सक्रिय भएर संगठन विस्तार गर्न आग्रह गरे । संगठन केन्द्रीय उपाध्यक्ष रविन्द्र पण्डितले राष्ट्रिय भेला सम्मपन्न गरे पश्चात प्रदेश कमिटी गठन अभियानमा लागेको बताउँदै सबै प्रदेश र जिल्लाहरुमा संगठन विस्तार गर्ने बताउनुभयो । उहाँले आफ्नो हक हित र समाजको नेतृत्वका लागि भूपुहरु संगठनमा आवद्द हुनुपर्नेमा जोड दिए ।

नेपाल कर्म । २६ श्रावण २०८०, शुक्रबार ०८:२७