वीरेन्द्रनगर । जिल्ला प्रहरी कार्यालय सुर्खेतले एक जना बैंकिङ कसुर मुद्दाको फरार प्रतिवादी प्रतिवादीलाई पक्राउ गरेको छ। वीरेन्द्रनगर नगरपालिका–४ रातोपुलबाट उक्त प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले वीरेन्द्रनगर नगरपालिका–४ बस्ने ३९ वर्षीया टिका बस्याललाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
बस्याललनई सुर्खेत अदालतको लगत न. ३४४६ को १ वर्ष कैद सजाय तोकिएको छ।


उनलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको प्रहरीले जनाएको छ।

नेपाल कर्म । २५ श्रावण २०८०, बिहीबार २१:४९