सुर्खेत । हुम्लाबाट चार लाख बराबरको अबैध मदिरा प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले नाम्खा गाउँपालिको चिन नेपाल नाखाबाट उक्त मदिरा नियन्त्रण लिएको हो।
नाम्खा गाउँपालिका–५ स्थित ईलाका प्रहरी कार्यालय हिल्साबाट गस्तिमा खटिएको ५ जनाको प्रहरी टोलीले चिन नाकाबाट नेपालको हिल्सातर्फ ल्याउदै गर्दा उक्त मदिरा नियन्त्रणमा लिएको जनाएको छ।
प्रहरीले चेकजाँच गर्दा अन्य समान भित्र लुकाई छिपाई ल्याएको ६६ कार्टुन झीनि (रक्सी) र लाशा बियर ४ कार्टुन गरी अन्दाजी चार लाख मूल्य बराबरको मदिरानियन्त्रणमा लिएको जनाएको छ।


उक्त मदिरा ईलाका प्रहरी कार्यालय हिल्साको नियन्त्रणमा राखिएको छ।

नेपाल कर्म । २५ श्रावण २०८०, बिहीबार २०:१९