सुर्खेत । हुम्ला प्रहरीले चीनबाट नेपालतर्फ ल्याउँदै गरएको झिनी रक्सी र लासा वियर नियन्त्रणमा लिएको छ । चीनबाट अवैध रुपमा हुम्ला ल्याउँदै गरेको उक्त झिनी रक्सी र लासा वियर नाम्खा गाउँपालिका– ५ बाट प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

सीमा गस्तीमा खटिएको र्यलाका प्रहरी कार्यालय हिल्साको टोलीले अन्य सामानमा लुकाएर ल्याउँदै गरेको अवस्थामा पक्राउ गरेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।


चीनबाट हुम्लाको हिल्सातर्फ ल्याउदै गरेको अवस्थामा चेकजाँच गर्दा झिनी रक्सी ६६ कार्टुन र चार कार्टुन लाशा बियर फेला परेको हो । ति समानको बजार मूल्य चार लाख रहेको प्रहरीले जनाएको छ । नियन्त्रणमा लिएको अवैध रक्सी र वियरका कार्टुन ईलाका प्रहरी कार्यालय हुम्लामा राखिएको छ ।

नेपाल कर्म । २५ श्रावण २०८०, बिहीबार १५:१७