वीरेन्द्रनगरमा गुड्ने नगर माइक्रोकाे संख्या किन घटाइयो ?

सुर्खेत । पछिल्लो केही दिन यता वीरेन्द्रनगरमा गुड्ने नगर माइक्रोको संख्या घटाइएको छ । अटो रिक्साको मनलाग्दी भाडादरका कारण नागरिकहरुलाई सहुलियत दरमा यात्रा गराउन सुर्खेतस्थित संयुक्त यातायात सेवाले नगर माइक्रो सञ्चालन गरेका थिए । तर पछिल्लो तीन दिनमा दैनिक सात ओटा नगर माइक्रो सञ्चालन भइरहेका छन् ।



गत शनिवारदेखि नौं वटा प्रा.लि. को छाता संयुक्त यातायात सेवा र सुर्खेत काँक्रेविहारको विवादका कारण उपत्यकाको फोरलेन सडकमा गुड्ने नगर माइक्रोको संख्यामा पनि प्रभाव परेको हो ।

दैनिक १४ ओटा नगर माइक्रो धुलियाविट–प्रदेश अस्पताल–बाँगेशीमल रुटमा चल्दै आएका थिए । यातायात व्यवसायीको विवादकै कारण बुधबारसम्म दैनिक पाँचदेखि सात वटा मात्रै नगर माइक्रो सञ्चालनमा छन् ।

अन्य दिनको तुलनामा शनिवार यता माइक्रो संख्या रहेको देउती नागरिक यातायात प्रा.लि.का इन्चार्ज रमेश खड्काले नेपालकर्मलाई जानकारी दिए । ‘वीरेन्द्रनगरको फोरलेनमा गुड्ने नगर माइक्रो बन्द नै भएको हैन् । केहि दिन यता यातायात क्षेत्रमा देखिएको समस्याले गाडीको संख्या तुलानात्मक रुपमा काम गुडेका हुन्,’ खड्काले भने, ‘विवाद साम्य भएसँगै बिहीबारदेखि फोरलेन खण्डमा १४ वटा नै नगर माइक्रो सञ्चालन गरिनेछ ।’

कतिपय अटो रिक्साको मनोमानीका कारण आजित भएका नागरिकहरुलाई नगर माइक्रो सेवा सञ्चालन गर्दा सहज भएको छ । नगर माइक्रो सेवाले धुलियाविटदेखि बाँगेशीमल एकतर्फी २० रुपैयाँ भाडादर कायम गर्दा लोकप्रियता बढेको छ । गएको असार १ गतेबाट वीरेन्द्रनगरमा नगर माइक्रो सेवा शुरु गरिएको हो ।

तपाईको प्रतिक्रिया