काश्य पदक विजेता अभिषेकलाई अभिनन्दन

सुर्खेत । भारतको हैदरावादमा भएको आईटिएफ तेक्वान्दो प्रतियोगितामा विजेतालाइ सुर्खेतमा अभिनन्दन गरिएकाे छ । सातौं दक्षिण एशियाली आईटिएफ तेक्वान्दो प्रतियोगितामा काश्य पदक बिजेता अभिषेक थापालाई कर्णालीकाे प्रवेशद्वार भेरिगंगामा अभिनन्दन गरिएको हाे ।



गंगामाला आईटीएफ तेक्वोंदो दोजाङ्ग भेरीगंगा सुर्खेतका खेलाडी अभिषेक थापाले ५५-६० के.जी. तौल समुहमा विभिन्न देशका खेलाडीहरू पराजित गरेर काश्य पदक जितेका थिए ।


थापाले प्रतियोगितामा नेपालकातर्फबाट प्रतिनिधित्व गरेका हुन्  । थापालाइ छिन्चु बजार परिक्रमा गराई नागरिक अभिन्नदन गरिएकाे कर्णाली प्रदेशका प्रमुख प्रक्षिक्षक नन्द बहादुर बि .क.ले जानकारी दिए ।

उनको यस सफलतामा भेरिगंगा खेलकुद विकास समितिका अध्यक्ष पुष्पा नेपाली, भेरीगंगा स्पोटर्स क्लवका अध्यक्ष मनोज राना, समाजसेवी रामराज खड्का, जेसिस प्रतिनिधि गणेश वली, छिन्चु दोजाङ्गका प्रक्षिक्षक तिमोथि बि क, छिन्चुस्थित संयुक्त यातायात प्रमुखहरू लगायतकाे उपस्थिति रहेकाे थियाे । सहित सम्मान गरिएको

तपाईको प्रतिक्रिया