सुर्खेत । हरेक वर्षझैं सुर्खेत महिला जेसीजले सप्ताहव्यापी कार्यक्रमको यो वर्ष पनि घोषणा गरेको छ । सप्ताहव्यापी कार्यक्रममा वक्तृत्वकलादेखि उत्कृष्ट महिलाहरुलाई सम्मान गर्ने कार्यक्रमहरु घोषणा गरेको हो ।

सप्ताहव्यापी कार्यक्रमको शुभारम्भ यहीँ साउ २६ गते बिहान ११ बजे एसओएस हर्मन माइनर स्कुलबाट गरिनेछ । उद्घाटनको सोही विद्यालयमा वक्तृत्वकलाको आयोजना गरिएको सुर्खेत महिला जेसीजका अध्यक्ष सिता भण्डारीले जानकारी दिइन् ।


उनकाअनुसार साउन २७ गते जन नमुना माध्यमिक विद्यालयमा मनोसामाजिक परामर्श सम्बन्धी तालिम आयोजना गरिएको छ । साउन २९ गते वृद्धा आश्रममा भजन कार्यक्रम, ३० गते ट्राफिक सचेतनामुलक र ३१ गते भानुपार्कमा वृहत वृक्षारोपण गरिनेछ ।
भदौ १ गते ओसो मेडिसिनको र २ गते उत्कृष्ट महिलालाई सम्मानको कार्यक्रमसँगै समापन गरिने कार्यतालिका रहेको अध्यक्ष भण्डारीको भनाई छ ।

नेपाल कर्म । २४ श्रावण २०८०, बुधबार २०:२२