भू–संरक्षण दिवसमा तपोभूमिमा रोपियो रुद्धाक्ष

सुर्खेत । भू–संक्षरण दिवसको अवसर पारेर तपोभूमि धार्मिक वनमा वृक्षारोपण गरिएको छ । जलवायु अनुकूलनको आधार, व्यवस्थित एकीकृत जलाधार भन्ने मुल नाराका साथ सुर्खेतमा ५० औं भू–संरक्षण दिवसमा वीरेन्द्रनगरस्थित विपसना ध्यान केन्द्र परिसरमा वृक्षारोपण गरिएको हो ।



तपोभूमि धार्मिक वन संस्थाको समन्वय तथा व्यवस्थापन र भू तथा जलाधार व्यवस्थापन कार्यालय, सुर्खेतको आयोजनामा ५० वटा रुद्धाक्षका विरुवा रोपिएको छ । ध्यान केन्द्र परिसर भित्र निकट भविष्यमा ध्यान कुटी बनाउन लागिएकाले पोखरी निर्माणस्थल वरीपरी रुद्धाक्षका विरुवा रापिएको भू तथा जलाधार व्यवस्थापन कार्यालयका प्रमुख शिखर चपाईले जानकारी दिए ।

कार्यक्रममा बोल्दै मन्त्री विसीले पानीको मुहान संरक्षण, भू–क्षय नियन्त्रणमा वृक्षारोपण अति आवश्यक भएकाले वन संरक्षण गर्नु आवश्यक रहेको बताए । उनले वन, वातावरण एवम् भूसंरक्षणको महत्वबारे प्रष्ट पारेको थिए । तपोभूमि धार्मिक वन संस्थाका उपाध्यक्ष ओमदत्त रेग्मीकोले तपोभूमि धर्मिक वनको महत्व र भावी योजनाका बारेमा प्रकाश पारेका थिए ।

वृक्षारोपण कार्यक्रममा वन मन्त्री बि.सी., सचिव डा. बिनोदप्रसाद देवकोटा, प्रदेश वन निर्देशक ललित कर्ण, डिभिजनल वन अधिकृत मुन बहादुर रावतलगायत ६० जनाको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया