तिहार लक्षित १२ कठ्ठा क्षेत्रफलमा फुल खेती

सुर्खेत । विद्यार्थीहरूले तिहार लक्षित सयपत्री फुलकाे सामुहिक खेती गरेका छन् । ग्राजुएट स्कुल अफ एग्रीकल्चर एण्ड फरेष्ट्रीमा अध्ययनरत विद्यार्थीहरूले सामुहिक रूपमा सयपत्री फुलकाे खेती गरेका हुन् ।



भेरीगंगा-११, रामघाटमा कृषि स्नातक (Bsc.ag) दोश्रो सेमेस्टर मा अध्यनरत ११ जना विधार्थीहरूकाे समुहले १२ कठ्ठा क्षेत्रफलमा तिहार लक्षित ५५५ जातका सयपत्री खेती गरेका छन्।

कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट अध्ययनको लागि रामघाटमा गएका अंगत न्यौपाने, भावना खत्री, विनोद शर्मा, उत्तम अधिकारी, कर्णखर भट्टराई, यमुना शाही, लोकेन्द्रमान खड्का, पूर्णिमा थापा, शुशिला बुढा, समीर खत्रीकाे समुहले फुल खेती गरेका हुन ।

तपाईको प्रतिक्रिया