सल्यानबाट अबैध मल बरामद

सुर्खेत । सल्यान जिल्लाको बनगाड कुपिण्डे नगरपालिका अबैध मल बरामद गरिएको छ। जिल्ला प्रशासन कार्यालय सल्यानले उक्त मल बरामद गरेको हो।



बनगाड कुपिण्डे नगरपालिका–१ सल्ली बजारमा खिमलाल बस्नेतले संचालन गरेको विकास एग्रोभेटमा अबैध रूपमा मलखाद विक्री वितरण गरेको गोप्य सुचनाको आधारमा मल बरामद गरिएको हो।

गोप्य सुचना पाएपछि जिल्ला प्रशासन कार्यालय सल्यानबाट खटिएको सहायक प्रमुख जिल्ला अधिकारिको अनुगमन टोली र ईलाका प्रहरी कार्यालय देवस्थलबाट खटिएको ६ जनाको प्रहरी टोली खटिएको थियो।

उक्त टोलीले एग्रोभेटमा चेकजाँच गर्दा युरिया मल १६ बोरा, डिएपि मल ३ बोरा र पोटास ३३ किलो फेला पारेको थियो।

उक्त मल अबैध भएकोले बरामद गरी ईलाका पप्रहरी कार्यालय देवस्थल सल्यानमा राखिएको छ।

तपाईको प्रतिक्रिया