हरितालिका तीजको अबसर पारेर तीजगीत प्रतियोगिता–२०८० हुँदै

काठमाडौँ । राष्ट्रिय लोक तथा दोहोरिगीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय नयाँ बसपार्क समितिले तीजगीत प्रतियोगिता–२०८० को आयोजना गर्ने भएको छ। प्रतियोगिता साँस्कृतिक संस्थान, राष्ट्रिय नाचघर, जमल काठमाडौँमा हुने भएको हो।



भदौ २३ गतेका दिन ‘अग्रज कलाकारलाई सम्मान, नव प्रतिभालाई प्रोत्साहन’ भन्ने नाराका साथ उक्त प्रतियोगिताको आयोजना गरिएको  राष्ट्रिय लोक तथा दोहोरिगीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय नयाँ बसपार्क समितिका कार्यक्रम संयोजक हेमन्त खत्रीले जानकारी दिए।

खत्रिकाअनुसार नेपालि नारिहरुको माहान चार्ड हरितालिका तीजको अबसर पारेर छैठौ सँस्थागत बृहत् मौलिक तीजगीत प्रतियोगिताका लागि प्रतिष्ठान तयारीमा जुटेको छ।

उक्त प्रतियोगितामा उपत्यका समन्वय समितिभित्र रहेका ९ वटा समितिहरुले भाग लिनेछन्।

प्रतिष्ठानले हरेक वर्ष यसरी कार्यक्रमको अयोजना गर्दै आएको राष्ट्रिय लोक तथा दोहोरिगीत प्रतिष्ठान उपत्यका समन्वय नयाँ बसपार्क समितिका सचिव पिआर भावुक प्रकाशले जानकारी दिए।

प्रतियोगिता छैठौं पट्क गर्न लागिएको र प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने समूहलाई नगदसहित आकर्षण पुरस्कारको व्यवस्था /रहेको प्रतिष्ठान उपत्यका समन्वय नयाँ बसपार्क समितिका अध्यक्ष सुवाश सलामी मगरले जानकारी दिए।

यस्तै, उक्त तीज गित प्रतियोगिता कार्यक्रममा राष्ट्रिय स्तरमा ख्याती प्राप्त कलाकारहरुको बेजोड प्रस्तुति रहनेछ।

तपाईको प्रतिक्रिया