वीरेन्द्रनगर । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१३ करेखोलाबाट एक जना पक्राउ परेका छन्। करेखोला बस्ने अन्दाजी ४२ वर्षीय केशव घर्तिलाई भरुवा बन्दुकसहित पक्राउ गरेको हो।
प्रहरी चौकि सुब्बाकुनाबाट खटिएको ५ जनाको प्रहरी टोलिले दुई नाल भरूवा बन्दुकसहित पक्राउ गरेको छ।
घर्तिलाई नियन्त्रणमा लिई थप अनुसन्धान गर्दै जाँदा वीरेन्द्रनगर–१३ सिडेनि बस्ने अन्दाजी ४८ वर्षीय जंगबहादुर राईको घरबाट पनि अर्को एक नाल भरुवा बन्दुक फेला पारेको प्रहरीले जनाएको छ।

प्रहरीकाअनुसार १ नाल भरुवा बन्दुक राईको घरमा लुकाई छिपाई राखेको अवस्थामा थप फेला पारेको थियो।

यस्तै, विगत एकवर्षदेखि जंगबहादुर घरमा छैनन्।
घरमा जंगबहादुर नभएकाले उनको श्रीमति बिमला राईलाई प्रहरीले बोलाएको छ।

नेपाल कर्म । २३ श्रावण २०८०, मंगलवार १२:०८