सुर्खेत । साेमबारदेखि परेकाे वर्षातपछि बाढीका कारण बर्दियाकाे ठाकुरबाबा नगरपालिका क्षेत्र डुवानमा परेकाे छ । बबइ नदीमा बाढीकाे जलस्तर बढेपछि बाढी वस्तीतिर पसेकाे हाे ।
मंगलबार दिउँसाेसम्म नदी नटिय क्षेत्रका नागरिकहरूलाइ उच्च सावधानी अपनाउन अलर्ट गरेकाे छ । तर नागरिकहरू जाेखिम माेलेर नदीमा बगाएर ल्याएका दाउराहरू संकलन गर्न पुगेका छन् ।
याे पनि पढ्नुहाेस् : बबई र कर्णाली नदीमा बाढीले पार गर्याे खतराको तह

ठाकुरद्वारा क्षेत्रमा रहेका बबइ नदी र औराही खाेलामा बाढीले खतराकाे तह पारगर्दा समेत स्थानीयहरू जाेखिमकाे कुनै प्रवाह नगरेर दाउँरा संकलन गरिरहेका छन् ।
बाढीले बगाएर ल्याएका दाउरा संकलन गरिरहेकाे स्थानीयलाइ ठाकुरबाबा नगरपालिकाले नदी क्षेत्रमा नजान अपिल गरेपनि उनीहरू दाउरा तान्न व्यस्त देखिन्छन ।

तस्वीर : बखत खड्का/बर्दिया



नेपाल कर्म । २३ श्रावण २०८०, मंगलवार १०:३३